एनआईसी एशिया बैंकको खाता मोबाइलबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 12:44:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले अनलाईनबाटै खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । बैंकले  मोबाइल बैंकिङ्ग मार्फत ग्राहकले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको थालनी गरेको हो । 

डिजिटल बैंकिङ्गको प्रवद्र्धनका साथै ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको प्रत्याभूति गराउन बैंकले यस नवीन सेवा सुरु गरेको जनाएको छ । बैंकको एपमा रहेको फिक्सड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सकिने छ । 

ग्राहकले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्ने जनाइउको छ । यसरि खोलेको खातामा बैंकले वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म दिने जनाएको छ । मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्दा सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ ।

बैंकले मुलुकभर ३३० शाखा कार्यालयहरू, ४७० एटिएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सोवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved