राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी नगरपालिकाबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 03:22:50 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank ले रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । यसै सम्बन्धमा बैंक र नगरपालिकाबीच मंगलबार सम्झौता भएको हो । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र नगरपालिकाका नगर प्रमुख विशाल शर्माले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि नगरपालिकाले उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेछ । तालिम प्राप्त  कृषकहरुको ५।५ जनाको समुह बनाई सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकमा सिफारिस नगरपालिकाले गर्ने जनाइएको छ ।  नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समुहलाई अधिकतम दश लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved