एनएमबि बैंक नेपालकै उत्कृष्ट बैंकको रुपमा सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 07:14:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि  बैंक @NM उत्कृष्ट बैंकको रुपमा सम्मानित भएको छ।  बैंकलाई  दिफाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित गरेको हो।


एनएमबि बैंकले पछिल्लो चार बर्षमा तेश्रो पटक यो पुरस्कारबाट सम्मानित भएको हो। बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालनगरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकाले यो अवार्डबाट सम्मानित हुन् सफल भएको हो। 


यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएकाले पनि यो अवार्डबाट सम्मानित भएको हो। 


एनएमबि बैंक Global Alliance for Banking on Values (GABV) को नेपालमा एक मात्रै “क” वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहेको छ।  जसकारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था Partnership for Carbon Accounting Financials (PCAF)  को स्टिअरिङ्ग कमिटिको सदस्य बैंकको रुपमा ABN AMRO, Morgan Stanley जस्ता संसारकै उत्कृष्ट बैंकहरुका साथ साझा एजेन्डामा कामगर्ने मौका प्राप्तभएको बैंकले जनाएको छ।


बैंक अफदिइयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसकाविजेताहरुलाई बैंकको वित्तीय क्षमताप्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितकालागिगरिने पहलहरु जस्ताविभिन्न मापदण्डहरुबाट मूल्याङ्ककन गरिन्छ ।


विश्व समुदायनै कोभिड१९ को महामारीबाट गुज्रिरहेको यस कठिन घडीमा पाएको यो बैंक अफदिइयर २०२० को सम्मान बैंकका कर्मचारीहरुले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, कामप्रतिको समर्पण, दीगो व्यवसाय विस्तारप्रतिको ऐक्यवद्घताका साथै यस बैंकको सञ्चालक समितिको निर्देशन तथा सम्पूर्ण सरोकारवालाहरुको अनवरत सहयोगको प्रतिफल  भएको बैंकको भनाई छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved