बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दावी रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 05:22:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूको निक्षेप ग्राहकले बीमा दावी रकम भुक्तानी पाएका छन् । बैंकले सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सहकार्यमा उपलब्ध गराउदै आइरहेको बीमा सुविधा अन्तर्गत ग्राहकले ५ लाखसम्म दावी रकम भुक्तानी पाएका हुन् । 

बैंकले मुद्दती खातामा व्याजदरका साथ ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी सहकार्यमा उपलब्ध गराउदै आईरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको लागि  पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि पाँच लाख तथा औषधी उपचारको लागि एक लाखको बीमा सुबिधा रहेको कम्पनीले जनाएको छ ।  

यसै सुबिधा अन्र्तगत रुद्र प्रसाद वस्तीलाई बैंकले पाँच लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ । केही समययता प्राणघातक रोगको कारणले वस्तीको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा उनले बैंकबाट उपलब्ध भएको रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरेका थिए । हाल उनले सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जिवनयापन गरिरहेका छन् ।

वस्तीले बैंकको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार गर्दै आएको जनाइएको छ । बैंकको बाग्मती प्रदेश अन्र्तगत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बीमा दाबी रकम वस्तीलाई हस्तान्तरण गरेका हुन् । 

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत सवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved