बैंकहरुको वित्तीय अपराधमाथि राष्ट्र बैंकको लगाम, ३ करोड नेपालीलाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 06:57:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले निक्षेपकर्ताको आम्दानीमा कैंची लगाउने बैंक वित्तीय संस्थाको क्रियाकलापमाथि लगाम लगाएको छ। वचतखाताको ब्याज डेढ प्रतिशतमा ल्याएर निक्षेपकर्ताको आम्दानीमा कैंची लगाउने कामलाई रोक्दै राष्ट्र बैंकले ब्याजदरमा नयाँ व्यवस्था गरेको छ। 

मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा गर्दै राष्ट्र बैंकले मुद्दती निक्षेपको ब्याजदर र बचतको ब्याजदरबीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने ब्यबस्था गरेको हो। यस व्यवस्थाबाट निक्षेपकर्ताले बचतखाता मार्फत कम्तिमा ५ प्रतिशत ब्याज पाउने निश्चित भएको छ। राष्ट्र बैंकका अनुसार कल निक्षेपको हकमा बाहेक यो ब्यबस्था लागु हुने छ । 

यसअघि: बैंकहरुमाथि वित्तीय अपराधको आरोप, एनआईसी एशिया सबैभन्दा अगाडी

बैंकहरुले मुद्दती निक्षेपमा बढि ब्याज दिएर बचततर्फ कम ब्याज प्रदान गरेपछि राष्ट्र बैंकले यस्तो ब्यबस्था गरेको हो। एनआईसी एसिया लगायतका बैंकहरुले बचतखातामा प्रदान गर्दै आएको ब्याजलाई ६ प्रतिशतबाट झाएर डेढ प्रतिशतमा ल्याएकाले राष्ट्र बैकले यस्तो कदम चालेको हो।  करिब ३ करोड नेपालीहरुले बचतमा पाउँदै आएको ब्याज बापतको आम्दानी उनीहरुलाई थाहै नदिई घटाउने बैंकहरुको क्रियाकलापलाई धेरैले वित्तीय अपराधको संज्ञा दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved