'रिंकीबुङको राँगोलाई' गितका गायकलाई कामना सेवाको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 04:33:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले गयक सुरेश गन्धर्बलाई आर्थिक सहयोग गरेको छ । 'रिंकीबुङको राँगोलाई.....चुङकेबुङको चुलेसीले' बोलको गितका गायक गन्धर्बलाई बैंकले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

सिके श्रेष्ठले रचना गरेको  सो गित गन्धर्बको आवाजमा बि.सं २०४९ सालमा रेकर्ड भएको थियो । गायक गन्धर्ब पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट पिडित रहेका छन् । बैंकका प्रदेश १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान-८ स्थित डेरामा नै पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टागरि संकलन गरि प्रदान गरिएको बैंकका प्रदेश १ प्रमुख छाराहाङले जानकारी दिए ।

बैंकले १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved