सानिमा बैंकले गर्यो बीमा दाबी रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 03:37:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले औषधी उपचार बीमाको दाबी रकम भुक्तानी गरेको छ । बैंकले ल्याएको दीर्घायु बचत योजना अन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको हो ।

बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी श्रेष्ठले ४७ हजार २३० रुपैयाँ औषधी उपचार बीमा भुक्तानी पाएका हुन् । बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईँले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त रकम बराबरको चेक श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । 

दीर्घायु बचत योजनामा वार्षिक ५ हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, ५ हजारसम्मको ओपिडि, भुक्तानी शुल्क सहित ५० हजारसम्मको औषधी उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाखको दुर्घटना बीमा र ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सकिन्छ ।

श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमाबीमा रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

बैंकले सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved