ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ। यसै सम्बन्धमा बुधबार बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको हो ।
उक्त सम्झौतामा बैंकका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
डिजिटल प्ल्याटफर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानी गर्न सक्ने जनाइएको छ ।