पवन गोल्यानको गुनासो: बैंकहरुको राम्रो कामको प्रशंसा भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 10:10:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कुनै पनि नयाँ नीति ल्याउनु अगाडी त्यसमा बैंकहरुलाई सहभागी गराउनलाई सुझाब दिएका छन्। नीति कार्यन्वयनमा बैंकको जिम्मेवारी महत्त्वपूर्ण हुने भएकाले नयाँ नीति ल्याउनु अगाडी अपनत्व महसुस हुने गरि बैंकलाई त्यसमा सहभागी गराउनलाई उनले सुझाव दिएका हुन्। 

नेपाल आर्थिक पत्रकार संघ नाफिजको को पाँचौं महासभा तथा एघारौँ बार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा गोल्यानले भने, 'नीति ल्याउने भन्दा कार्यन्वयन गर्ने पाटो महत्तपूर्ण हुन्छ, बैंकसँग सम्बन्धित नीति ल्याउँदा बैंकलाई पनि अपनत्व हुनेगरि सहभागी गराए मात्र सरकारका नीतिले पूर्णता पाउँछन।'  

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका अर्थमन्त्री बिष्णु पौडेलको उपस्थितिमा बोल्दै गोल्यानले राज्यका अन्य निकाय भन्दा बढी पारदर्शी भएपनि बैंक वित्तीय सँस्थामाथि नाफामुखी भएको आरोप लाग्ने गरेको बताए। 

राज्यका नीति निर्माताहरुमा पनि बैंकहरु लुटेरा हुन्, सर्वसाधारण लुटेर कमाईरहेका छन् भन्ने बुझाई पर्न गएको भन्दै यसमा बैंकहरुले कति पूंजी लगानी गर्दा कति नाफा कमाएका छन् त्यसको उचित विश्लेषण गर्नलाई समेत गोल्यानले आग्रह गरे। 

कोभिड १९ ले अर्थतन्त्रमा परेको भार बैंकहरुले बोकेपनि त्यसको प्रशंसा कहींबाट हुन् नसकेको बताउदै गोल्यानले आर्थिक पत्रकारहरुले राम्रो कामको प्रशंसा पनि गर्नुपर्ने सुझाब दिए। 

'कोभिड १९ मा अर्थतन्त्रमा परेको भार बैंकहरुले बोकेका छन्, त्यसको प्रशंसा भएको छैन तर प्रशंसा हुनुपर्छ' गोल्यानले भने। 

आफुहरु पैसा कमाउनलाई मात्र बैंकमा लगानी नगरेको स्पष्ट पार्दै परिसंघका अध्यक्ष गोल्यानले बैंकहरुले परेको बेला आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्दै आएको र कोभिड १९ को माहामारीमा पनि बैंकहरुले आफ्नो धर्म निभाएको बताए। 

एनएमबि बैंकको अध्यक्ष समेत रहेका गोल्यान नेपालमै सबैभन्दा बढी रोजगारी सृजना गर्ने गोल्यान समुहका अध्यक्ष हुन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved