राष्ट्रिय वाणिज्य बैंकले व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 01:15:40 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank  ले मोरङ्गको बेलबारी नगरपालिकाका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । यसै सम्बन्धमा बैंक र नगरपालिकाबीच आइतबार सम्झौता भएको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नगरपालिकाले उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने छ । यसरी तालिम प्राप्त उद्यमीरुको ५।५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा नगरपालिकाले सिफारिस गर्ने छ ।  नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम पाँच लाख रुपैयाँसम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख भएको छ । 

कार्यक्रममा बैंंकका सीईओ श्रेष्ठले बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसंग जोड्न सघाउ पुर्याउने बताए । यस्तै उनले कर्जा तिर्नुनपर्ने भन्ने मानसीकता कसैले राख्न नहुने समेत बताए । 

यसैगरी नगर प्रमुख सुवेदीले यस्ता कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षकै आधारभूत रुपमा विकास गर्न  सघाउ पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले विभिन्न संघ सस्थाहरुसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए ।                


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved