ग्लोबल आइएमई बैंकद्वारा एकसाथ ६ वटा शाखारहित बैंकिङ्ग सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 05:36:55 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले एकसाथ एकैदिन ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । बैंकले एकैदिन विभिन्न जिल्लामा एकैसाथ ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको हो । 

बैंकले तेह्रथुम फेदाप गाउँपालिकामा, धनुषाको नगराईन नगरपालिका फुलगामा, दैलेखको दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङको बाडिगड गाउँपालिका सिमालचौरमा र पाँचथरको याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८ पुगेको छ ।

बैंकले २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३८ शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved