सर्वसाधारणलाई धनी बनाउने राष्ट्र बैंकको योजनामा एनआईशीको असहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 09:29:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बचतखातामा कम्तिमा ४ प्रतिशत ब्याज दिएर झन्डै ३ करोड नेपालीको आम्दानी बढाउने नेपाल राष्ट्र बैंकको योजनामा एनआईशि एसिया बैंकले असहयोग गरेको छ।

मुद्दती र बचतमा ब्याजको अन्तर ५ प्रतिशत राख्दा बचतको ब्याज कम्तिमा पनि ४ प्रतिशत हुन्छ भन्ने अपेक्षा बिपरित नयाँ ब्याजदर सार्वजनिक गरेर एनआईशि एशियाले राष्ट्र बैंकलाई असहयोग गरेको हो। 

बचतको ब्याज ्डेढ प्रतिशतमा झारेर बैंक वित्तीय संस्थाले वित्तीय अपराध गरे भन्ने निर्णयमा पुगेको राष्ट्र बैंकले हालै मात्र मौद्रिक नीतिको समिक्षा मार्फत मुद्दती र बचतखातामा दिने ब्याजको अन्तर ५ प्रतिशत कायम गरेको थियो। ५ प्रतिशत ब्याज अन्तर गर्दा बचतकर्ताले कम्तिमा ४ प्रतिशत हाराहारीमा ब्याज पाउने र यसले ३ करोड नेपालीको आम्दानी बढ्छ भन्ने राष्ट्र बैंकको बुझाई थियो। २०७७ असारसम्म बैंक तथा वित्तीय संस्थामा ३ करोड २४ लाख ५४ हजार वटा बचतखाता खुलेका छन्। 

यसअघि: बैंकहरुमाथि वित्तीय अपराधको आरोप, एनआईसी एशिया सबैभन्दा अगाडी

तर राष्ट्र बैंकको अपेक्षा बिपरित एनआईशि एशियाले एक राष्ट्रीय दैनिक मार्फत आफ्नो नयाँ ब्याजदर सार्वजनिक गर्दै मुद्दतीमा अधिकतम साढे ६ प्रतिशत ब्याज दिने तर बचतखाताको ब्याज डेढ प्रतिशत नै कायम राख्ने जानकारी गराएको हो। बैंकले यसअघि बचतमा न्यूनतम डेढ प्रतिशत र व्यक्तिगत मुद्दतिमा ९.७५ प्रतिशत ब्याजदर दिँदै आएको थियो। जुन बचत र मुद्दतीबीचको ब्याज अन्तर ८.२५ प्रतिशत थियो।

एनआईशिको यस निर्णयले एकातर्फ मौद्रिक नीतिको समिक्षा र सर्वसाधारण नेपालीहरुको हित गर्ने राष्ट्र बैंकको चाहनामा गम्भीर धक्का लागेको छ भने अर्कोतर्फ कोभिड १९ को महामारीमा थोरै ब्याज बढी दिएर आफ्ना १५ लाख ग्राहकप्रति निभाउनुपर्ने जिम्मेवारीमा समेत प्रश्न उठेको छ। 

यो पनि: राष्ट्र बैंक र २७ सीईओबीच ४ घण्टा छलफल, बैंकहरुलाई निर्देशन नै निर्देशन

एनआईशिले यसअघि बचतमा डेढ प्रतिशत र मुद्दतिमा ८.२५ प्रतिशत ब्याज दिएपछि नेपाल राष्ट्र बैंक २७ वटै बाणिज्य बैंकका सीईओलाई डाकेर बचतको ब्याज ५ प्रतिशतबाट नघटाउनलाई मौखिक निर्देशन नै दिएको थियो। र यहि निर्देशनलाई कार्यन्वयन गर्ने उदेश्यले मौद्रिक नीतिको समिक्षा मार्फत बचत र मुद्दतीबीचको ब्याजदर अन्तर ५ प्रतिशत कायम गर्नलाई निर्देशन दिएको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved