‘कर्पोरेट-पे’ प्रणालीका लागि एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 01:17:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । बैंकले आफ्ना संस्थागत ग्राहकका निम्नि बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने उक्त प्रणालीको सुरुवात गरेको हो ।

यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

यस ‘कर्पोरेट–पे’ प्रणाली सुरुवात गर्नका लागि बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सकिन्छ । यस प्रणाली सुरुवात गरेपश्चात् आफैले तोकिएको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सकिन्छ । 

बैंकले  ३३३ शाखा कार्यालयहरू, ४७० एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved