राष्ट्रिय वाणिज्य बैंकले दियो ५ कम्पनीलाई २ करोड ७२ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 03:40:20 PM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा बचत कार्य गरेबापत राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank  ले विभिन्न ५ वटा कम्पनीलाई २ करोड ७२ लाख १३ हजार रुपैयाँ प्रदान गरेको छ  बैंकद्धारा जर्मन सरकारबाट केएफडब्लू बैंक मार्फत प्राप्त अनुदान सयोगमा सञ्चालित ईनर्जी ईफिसीएन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तर्गत रकम हस्तान्तरण गरेको हो । 

 बैंकले पशुपति आइरन एण्ड स्टीललाई एक करोड, बोटलर्स नेपाललाई ५२ लाख ९४ हजार, बागमती आयल इन्डष्ट्रिजलाई ४३ लाख ३५ हजार, हिमाल आइरन एण्ड स्टीललाई सात लाख ३४ हजार र इस्ट एशियन प्लाष्टिक इन्डष्ट्रिजलाई दुई लाख ४० हजार रुपैयाँ रकम हस्तान्तरण गरेको हो । मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक सोमबार हस्तान्तरण गरेको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved