सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ गुप्रका होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 02:09:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  का ग्राहकले सिद्धार्थ गुप्रका होटलहरुमा छुट पाउने भएका छन् । बैंक र सिद्घार्थ गुप्र अफ हस्पिट्यालिटीबीच मंगलबार भएको सम्झौता अनुसार ग्राहकले यस्तो छुट पाउने भएका हुन् । 

सम्झौता अनुसार बैंकका ग्राहक हरुले सिद्धार्थ गुप्रका होटलहरुमा खान, बस्न तथा बेबरेज जस्ता सुविधाको भुक्तानी  गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । यसरी छुट पाउन ग्राहकले बैंकको क्रेडिट तथा डेबिट कार्ड मार्फत भुक्तानी गरेको हुनुपर्ने छ । 

यस्तै, सिद्धार्थ गुप्र अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोड लगायतका अन्य जिल्लाहरुमा अवस्थित होटल, रिर्सोट, रेष्टुरेन्ट तथा क्याफेहरुमा पनि छुट पाउन सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved