इन्फ्रास्ट्रकचर बैंकको निमित्त सीईओमा पाण्डे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 03:45:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकको मङ्सिर २५ गते बसेको संचालक समितिको बैठकले हाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डेलाई  निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो 

पाण्डेसँग १९ वर्षको बैंकिंग अनुभव छ।  उनी राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सीइओ समेत भएका थिए। 

यस अघिका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको पदावधि सकिएपछि बैंकले मङ्सिर २९ गतेदेखि लागु हुने गरि निमित्त चयन गरेको हो । ज्ञवालीको २ वर्षे कार्यकाल मङ्सिर २८ गतेदेखि सकिएको छ । 

बैंकले ८ अर्बको आईपिओ निष्काशनको तयारी गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved