सिद्धार्थ बैंकद्वारा ‘स्कोरकार्ड मोडल'को प्रारम्भ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 04:33:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले कर्जा स्वीकृती प्रक्रिया “स्कोरकार्ड मोडल”को प्रारम्भ गरेको छ । बैंकले साना तथा मझौला व्यवसायीलाई छोटो समयमै कर्जा प्रदान गर्ने उद्देश्यका साथ वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा कर्जा स्वीकृती प्रक्रिया “स्कोरकार्ड मोडल”को प्रारम्भ गरेको हो । 

स्कोरकार्ड मोडल अन्तर्गत बैंकले एक करोड रुपैयाँसम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको २४ कार्य घण्टा भित्र स्वीकृत गरिने व्यवस्था मिलाएको  बैंकले जनाएको छ । स्कोरकार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामबीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरुको लागि सरल प्रक्रियामा कर्जा प्रदान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालनमा आएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved