८ बैंकको लाभांश घोषणा हुन बाँकी, मेगा र नबिलको के हुदैंछ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 08:24:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २६ वाणिज्य बैंक मध्ये ८ बैंकले लाभांश घोषणा गर्न बाँकी छ। पुष मसान्तसम्म बार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्ने र २१ दिन पुर्व नै बार्षिक साधारणसभा सम्बन्धी जानकारी दिईसक्नुपर्ने भएपनि हालसम्म ८ बैंकले लाभांश घोषणा गर्न सकेका छैनन्। 

नेप्सेमा सुचिकृत १८ वटा बैंकले लाभांश घोषणा गरिसक्दा नबिल, एनएमबि, प्राइम कमर्सियल, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट, नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी०, मेगा र सिभिल बैंकले घोषणा गर्न अझैं बाँकी छ। 

नेपाल राष्ट्र बैंकले कोभिड १९ का कारण असारमा उठाउनुपर्ने ब्याजलाई असोजमसान्तसम्म उठाउन समय दिएको, मर्जरमा गएका बैंकहरुको गुडविल लगायतका एकाउन्टिंङलाई लिएर नेपाल चार्टड  एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा उत्पन्न विवाद र त्यसले सिर्जना गरेको अन्यौलताले ब्यालेन्स सिट स्वीकृतीमा भएको ढिलाई लगायतका कारणले बैंकहरुले समयमै अर्थात छिटो लाभांश घोषणा गर्न नसकेको पाईएको छ। 

बिशेषगरि मर्जरमा गएका बैंक वित्तीय सँस्थाको ब्यालेन्स सिटलाई राष्ट्र बैंकले नजिकबाट अध्ययन गरिरहेकाले उनीहरुको ब्यालेन्स सिट स्वीकृत हुनलाई ढिलाई भएको बताईएको छ। 

यो पनि: सर्वसाधारणलाई धनी बनाउने राष्ट्र बैंकको योजनामा एनआईशीको असहयोग

माथि उल्लेख कारण सहित गण्डकी विकास बैंकको ब्यालेन्स सिट अलग्गै अडिट गर्नुपरेकाले मेगा बैंकले बिगतमा जस्तो छिट्टो लाभांश घोषणा गरि साधारणसभा डाक्न नसकेको पाइएको छ। गत बर्ष मेगा बैंकले कात्तिक ३० गते साधारणसभा डाकेर सोहि दिन सेयरधनीलाई लाभांश वितरण गरेको थियो। 

मेगा बैंकको ब्यालेन्स सीट स्वीकृतिको अन्तिम चरणमा रहेकाले सम्भवत यहि साता बैंक संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गर्न सक्ने स्रोतको भनाई छ। बैंकको चुक्तापुंजी झन्डै साढे १३ अर्ब पुगिसकेको र गत असोजमा बाँडफाँड गरेको १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता सेयरका सेयरधनीलाई पनि लाभांश दिने भएपनि बैंकले डबल डिजिटमा नै लाभांश घोषणा गर्ने बैंक स्रोतको दाबी छ।  

त्यस्तै नबिल बैंकको पनि गत आर्थिक बर्षको ब्यालेन्स सिट नेपाल राष्ट्र बैकबाट स्वीकृत भईसकेकाले यहि साताभित्र संचालक समितिले लाभांश घोषणा गर्ने सम्भावना अधिक छ। 

हालसम्म नेप्सेमा सुचिकृत १८ बैंकले लाभांश घोषणा गरेका छन्। हालसम्म लाभांश घोषणा गरेका मध्ये हिमालयन बैंक र एनआईसी एसिया बैंकले सबै भन्दा धेरै २० प्रतिशत लाभांश घोषणा गरेका छन। सेन्चुरी कमर्शियल बैंकले सबैभन्दा कम ७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  हालसम्म घोषणा भएका १८ बैंकको औसत लाभांश १२.७७ प्रतिशत रहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved