राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 04:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधतबार सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौता पछि नगरपालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । यसरी सिफारिसमा परेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नुनपर्ने भन्ने भ्रम रहेकोले कार्यन्वनयमा चुनौति थपिएको बताए । त्यस्तै, नगर प्रमुख रामेश्वर श्रेष्ठले यो कर्जाले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनिकरण हुने बताए । 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, बागमती प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, नगरपालिकाकी उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम थापा, वडा अध्यक्षहरु, सदस्यहरु, स्थानीय वासिन्दा बेदबहादुर लावती, लुभु शाखाकी प्रबन्धक भावना फुँयाल, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved