सिटिजन्स बैंकका ग्राहकहरुलाई करियर स्टेसनमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 04:49:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले करियर स्टेसनमा छुट पाउने भएका छन् । बैंक र कम्पनीबीच बुधबार यस विषयमा भएको सम्झौता अनुसार ग्राहक र ग्राहकका परिवारले छुट पाउने भएका हुन् । 

बैंकका ग्राहकले आइएलट्स, कुमाट, टोफेल, स्याट, पीटीई, सीम्याट, जीम्याट तथा जीआरईका तयारी कक्षामा कम्पनीले छुट दिने सम्झौतामा उल्लेख छ । बैंकको डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड भएका ग्राहकल र उनका परिवारका सदस्यहरुले करियर स्टेसनमा छुट पाउँने बैंकले जनाएको छ । 

बैंकले १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved