राष्ट्र बैंकद्वारा शेयर धितो कर्जामा नयाँ व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 05:19:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा प्रदान गर्ने सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ। मौद्रिक नीतिको समिक्षामा शेयर धितो कर्जा नीतिमा पुनरावलोकन गर्ने घोषणा गरेको राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै यस्तो निर्देशन गरेको हो। 

सर्कुलरमा उल्लेख नयाँ निर्देशनअनुसार अब बैंक वित्तीय सँस्थाले सेयर धितो प्रदान गर्ने संस्थाको मुल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी, पिबि भ्यालु, लाभांश इल्ड, लाभांश अनुपात जस्ता आधारभूत सूचकांकको विश्लेषण सम्बन्धी व्यवस्था गर्नुपर्नेछ ।

त्यस्तै पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु, विगत तीन वर्ष देखि साधारण सभा नगरेका संस्थाहरु र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको शेयर धितोमा पनि कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरेको छ।

राष्ट्र बैंकको सुचीमा समस्याग्रस्त रहेका वा तोकिए बमोजिम पूँजी कोष अनुपात कायम नगरेका, नेटवर्थ ऋणात्मक भएका, सूचीकरणबाट हटाइएका तथा आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पूरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरुको शेयर धितोमा कर्जा दिन पाइनेछैन। 

धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाहरुको शेयरको धितोमा कर्जा प्रदान गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाको आफ्नो कर्जा नीतिरनिर्देशिकामा स्पष्ट व्यवस्था भई अन्य कर्जा प्रदान गरेसरह अवलम्बन गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved