बैंक अफ काठमाण्डूका ग्राहकलाई नेशनल प्याथ ल्याबमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 05:59:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टरमा छुट पाउने भएका छन् । बैंक र ल्यावले बुधबार यसै विषयमा सम्झौता गरेसंगै ग्राहकले यस्तो छुट पाउने भएका हुन् । 

बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ल्यावले १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्न बहादुर खड्का र ल्याबका रुपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क क्षेणीको मान्यता प्राप्त प्रयोगशाला ल्याबले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल ९१ शाखा कार्यालय,७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved