राष्ट्रिय वाणिज्य बैंक र युवा परिषदबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 05:15:12 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank  र राष्ट्रिय युवा परिषदबीच उद्यमीलाई कर्ज उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरण कुमार श्रेष्ठ र परिषद्का कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुङ्गेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने छ । यसरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख भएको छ ।

कार्यक्रममा बैंंकका सीईओ श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौता पछी हट्ने बताउँदै लाखौ युवाहरु उत्पादनसँग जोडिई स्वारोजगार बन्ने बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved