यस्ता छन् ‘मेगा अभिभावक बचत खाता’का विशेषताहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 03:09:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपा Mega Bank Nepal Limited  ले ‘मेगा अभिभावक बचत खाता’ नामक बचत योजना ल्याएको छ । बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैंकले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको हो । 

न्यूनतम ५ सय रुपैंया बचत हुनुपर्ने यस खातामा ४.५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न सुविधा तथा छुटको पनि व्यवस्था गरिएको बैंकले जनाएको छ । योजनामा खातावाला अभिभावकको ५ लाख रुपैंयाको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । 

यसैगरी, मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैंकिङ सुविधा निशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यसका साथै, खातावाललाई डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी बिभिन्न आकर्षक विशेष सुविधाहरु पनि यस योजनामा समेटिएका छन् । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने ब्यवस्था पनि मिलाइएको छ । 

बैंकले २ सय ६ वटै शाखा तथा ३४ वटा एक्सटेन्सन काउन्टरहरुबाट सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved