बर्दियाको खैरापुरमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 04:29:27 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले २३९ शाखाको रुपमा उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ । 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले निक्षेप खाता खोल्न, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम÷सिडिएमए, नेपाल टेलिकम तथा युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

यसैगरी कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको उक्त क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नसक्ने बैंकले जनाएको छ । हाल बैंकले ७३ जिल्लामा २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सेटेन्सन काउण्टर, २३९ शाखा रहित बैंकिङ सेवा र ३ अन्तराष्ट्रिय प्रतिनिधि कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved