त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण बैंकिङ्ग कारोबार ग्लोबल आइएमईबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 01:29:57 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण बैंकिङ्ग कारोबार ग्लोबल आइएमई बैंक Global IME Bank Limited बाट हुने भएको छ । आइतबार बैंक र त्रिभुवन विश्वविद्यायको परीक्षा नियन्त्रण कार्यालयबीच भएको सम्झौता अनुसार सबै बैंकिङ्ग कारोबार ग्लोबल आइएमईले गर्ने भएको हो ।

 उक्त सम्झौतामा कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी र बैंकका किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुरुप परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रिवि अन्र्तगतका क्याम्पसहरुले बैंकबाट शुल्क रकम जम्मा गर्न सकिने छ । विद्यार्थीहरुको सम्पूर्ण कारोबार बैंकको सबै शाखाबाट त्रिविको आम्दानी खातामा जम्मा गर्न सकिन्छ । 

यसका साथै उक्त काउण्टरबाट कार्यालयमा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने दिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुने जनाइएको छ ।

बैंकले २६४ शाखा, २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved