गंगालाल अस्पतालका कर्मचारीको खाता माछापुच्छ्रे बैंकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 05:58:43 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कर्मचारीलाई बैंकिङ्ग सेवा दिने विषयमा सम्झौता गरेको छ । सम्झौतामा अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् । 

सम्झौता पश्चात अस्पतालमा आवद्ध कर्मचारीहरुलाई बैंकले बैंकिङ्ग सेवा प्रदान गर्नेछ । साथै बैंकले आफ्ना सम्पूर्ण शाखाबाट अस्पतालमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुविधाहरुमा सहुलियत प्रदान गर्नेछ । 

बैंकले १६० वटा शाखाहरु, १४३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved