निजि क्षेत्र कै ठूलो हाइड्रोमा नेपाल बैंकको नेतृत्वमा साढे १९ अर्ब लगानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 02:08:37 PM मा प्रकाशित

laxmi  sunrise bank

१६० मेगावाटको लाप्चे खोला जलबिद्युत आयोजनाको लागी आवश्यक पर्ने बित्तिय श्रोत जुटेको छ । ब्यापारिक घराना एम. भि. दुगड ग्रुपको मुख्य लगानी रहेको नाशा हाईड्रोपावर प्रा.लि.ले प्रवद्र्धन गर्न लागेको उक्त जल बिद्युत आयोजनामा नेपाल बैंकको अगुवाईमा ९ वटा बैंक तथा बित्तिय संस्थाहरुले लगानी गर्ने भएका हुन् । 

दोलखा जिल्लाको बिगु गाउँपालिका स्थित लाप्चे खोलामा निर्माण हुने यो आयोजना निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो आयोजना हो  ।

२६ अर्ब २० करोड लागत हुने उक्त आयोजनामा ९ वटा बैंक तथा बित्तिय संस्थाहरुले १९ अर्ब ६५ करोड भन्दा बढी लगानी गर्ने भएका हुन् । लगानी सम्झौतामा ऋणिका तर्फबाट नाशा हाईड्रोपावर प्रा.लि.का अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुका तर्फबाट नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल ईन्भेष्टमेण्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषले २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब,  हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब, बैंक अफ काठमाण्डौले १ अर्ब तथा कृषि बिकास बैंकले  १ अर्ब गरी जम्मा १९ अर्ब ६५ करोड २५ लाख लगानी गर्ने छन्।

सम्झौता कार्यक्रममा नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले नेपाली बैंकहरु त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राबिधिक, जोखिम लगायतका बिभिन्न पक्षहरुको समग्र बिष्लेषण गरी उचित निष्कर्षमा पुगेको तथा बैंकहरुमा तरलता सहज भएको बर्तमान अबस्थामा यस आयोजनमा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सहि उपयोग हुने बिचार ब्यक्त गरे । उनले मोतिलाल दुगड आफै बैंकका अध्यक्ष रहेको हुँदा बैंक कर्जाको सही सदुपयोग हुने तथा उक्त घराना नेपालको प्रतिष्ठित औद्यिोगिक तथा ब्यापारिक घराना रहेको र यस अघि लिखु खोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेकोे हुँदा  आयोजना पनि तोकिएको समय तथा लागतमा पूर्णहुने बिश्वास ब्यक्त गरे।  

सम्झौता कार्यक्रममा डेभलपर नाशा हाईड्रोपावरका अध्यक्ष मोतिलाल दुगडले नेपाल कै हालसम्म कै ठूलो बित्तीय लगानी रहेको यस आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरुले तिब्रताकासाथ गरेको कार्यको सह्राना गर्दै  सरकारी बैंकको अग्रसरता र छोटो समयमा छिटो कार्य भएको अनुभव गर्दा सरकारी बैंकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको बिचार ब्यक्त गरे । उनले २०७९ श्रावणसम्ममा उक्त आयोजनाबाट ब्यापारिक उत्पादन सुुरु गरिने लक्ष्य राखिएको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved