मेगा बैंकमा भिडियोबाट नै खाता खोल्न सकिने

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Dec 23, 2020 | 12:30:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited  ले भिडियो कलबाट नै खाता खोल्न सकिने सुविधा ल्याएको छ । ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै बैंकले नेपालमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको हो । 

इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा अति नै सहज र प्रभावकारी हुने विश्वास रहेको बैंकले जनाएको छ । आफूले खोल्न चाहेको खाताबारे जानकारी दिनासाथ बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने व्यवस्था मिलाइएको पनि बैंकले जनाएको छ । 

कसरी खोल्ने खाता ? 

सबैभन्दा पहिला बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ । वेबसाईटको सबैभन्दा माथि बायाँतर्फ ‘अनलाईन अकाउन्ट ओपन मेनु’ आउँछ । यस मेनुमा क्लिक गरेपछि त्यहाँ मेगा बैंकका विभिन्न बचत खाता योजनाहरु भेटिन्छन् र आफूले कुन खाता खोल्न चाहेको हो, त्यो छान्नुपर्छ । 

छानिसकेपछि ‘कृएट’ ट्याबमा क्लिक गरेर भिडियो कलसम्बन्धी सुविधा रोज्नुपर्छ । त्यसमा टीक लगाउना साथै आफ्नो नाम, मोवाइल नम्बर, इमेल, नजिकको शाखा कार्यालय र भिडियो कलका लागि मिति सहितको विवरण भरी आफ्नो नागरिकता वा पासपोर्ट स्क्यान छनौट गरेर अपलोड गर्नुपर्छ । 

त्यो विवरण प्राप्त गर्ना साथ बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्ने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved