सिटिजन्स बैंकले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 04:14:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । यसै सम्बन्धमा बैंक र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता भएको छ । 

सम्झौता अनुसार महासंघको सिपफारिसमा परेका महिलाले सहुलियतपूर्ण कर्जा पाउने छन् । बैंकका अनुसार उद्यमी महिलाले महिला उद्यमशीलता कर्जा अन्तर्गत १५ लाख रुपैयाँसम्म सहुलियत दरमा पाउने कर्जा पाउने छन् । 

महिला उद्यमशिलताको विकाशको हेतु चाहिने आर्थिक आवश्यकताको मांगलाई सम्बोधनगर्न यो सम्झौता फलदायी हुने विश्वास लिएको बैंकले जनाएको छ । 

बैंकले १०९ वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved