एनएमबि बैंक र सेलपेबीच डिजिटल भुक्तानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 02:41:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  ले डिजिटल भुक्तानीका लागि सेलपेसंग सम्झौता गरेको छ । सम्झौतामा बैंकका प्रमुख व्यापार र रणनितिक अधिकृत सुदेश उपाध्याय र कम्पनीका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नछन् । सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सकिन्छ ।

सेलपे, सेलकमद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । बैंकले १७६ शाखाहरु, ९ एक्सटेंशन काउंटर, २४९ शाखा रहित बैंकिङ्ग सेवार १३५ एटीएमहरुमार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved