काठमाडौँका टेम्पुको भाडा क्यूआर कोडबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2020 | 05:05:16 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फत भाडा भुक्तानी गर्न सकिने भएको छ । प्रभु Prabhu Bank Limited ले मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई लक्षित गरि टेम्पुमा यात्रा गर्दा क्यू आर कोडबाट भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको हो।

 क्यू आर कोड सेवा बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाण्डौ उपत्यकामा महिला सवारी चालकहरुद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ ।  महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा बैंकको क्यू आर कोड राखिएको छ । उक्त टेम्पुमा यात्रा गर्दा मोबाईलबाट क्यू आर कोड स्क्यान गरी भाडा रकम भुक्तानी गर्न सकिने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved