बैंकर्स संघको उपाध्यक्षमा उपाध्याय, सदस्यमा कोइराला र डे निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 04:02:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय निर्विरोध चयन भएका छन्। त्यस्तै संघको सदस्यहरुमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबीआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे निर्विरोध चयन भएका छन्। 

संघको रिक्त रहेको ३ वटै पदमा पदाधिकारी निर्विरोध चयन भएका हुन् । संघको मंगलबार हुने साधारणसभाले यो नियुक्तिलाई अनुमोदन गरेपछि यसले औपचारिकता पाउने संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए । 

नेपाल एसबीआइ बैंकबाट अनुकुल भटनागर बाहिरिएपछि उपाध्यक्ष पद रिक्त थियो। त्यस्तै माछापुच्छ्रेबाट सुमन शर्मा र  सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको कार्यकाल सकिएपछि २ सदस्य पद रिक्त थियो।

संघका बाँकि पदाधिकारीको भने कार्यकाल भने बाँकि नै छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved