जिल्ला अस्पताल ईलामलाई प्रभु बैंकको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 05:37:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले  जिल्ला अस्पताल ईलामलाई आर्थिक सहयोग गरेको छ  । बैंकको ईलाम शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो।

 ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले अस्पतालका मे.सु. डा. प्रभु शाहलाई चेक हस्तान्तरण गरेका हुन् ।

बैंकको सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने विश्वास दुवै पक्षले लिएका छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved