राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष शर्माद्वारा सपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 05:04:48 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिका अध्यक्ष धनिराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ ग्रहण गरेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार उनले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । 

बैंक संचालक समितिको बिहिबार बसेको बैठकले शर्मालई अध्यक्षमा चयन गरेको हो । शर्मा अर्थ मन्त्रालयका सहसचिव समेत हुन् । उनी यसअघि नै अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।

सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ पनि उपस्थित थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved