अब बैंकको युजरनेम र पासवर्ड आफै सेट गर्न पाईने, अन्तर बैंक एटिएममा शुल्क लाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 05:08:37 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्राहकहरुले अन्तर बैंक एटिएम सेवा प्रयोग गर्दा शुल्क तिर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले यस अघिको ब्यबस्था खारेज गर्दै मासिक २ पटकसम्म अन्तर बैंक एटिएम प्रयोग गर्दा निशुल्क गर्नु पर्ने र त्यसपछि भने बैंकहरुले प्रति कारोबार २० रुपैयाँसम्म लिन सक्ने ब्यबस्था गरेको हो ।

आगामी माघ १ गतेदेखि बैंकले शुल्क लिन सक्ने गरि राष्ट्र बैंकले एकिकृत निर्देशिका संशोधन गरेको हो। यस अघि भने अन्तर बैंक एटिएम प्रयोग गर्दा कुनै शुल्क लाग्ने गरेको थिएन।

त्यस्तै बैंकहरुले ग्राहकको पुर्व अनुमति लिएर र सेवा शुल्कबारे जानकारी गराएर मात्र इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एसएमएस बैंकिंग जस्ता विद्युतिय सेवाको शुल्क लिन सक्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ।  

साथै अब इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एसएमएस बैंकिंग लगायत सेवाको युजर नेम वा पासवर्ड बिर्सिएमा ग्राहक आफैले रिसेट गर्ने ब्यबस्था मिलाउन राष्ट्र बैंकल निर्देशन दिएको छ ।  

हेर्नुस निर्देशन : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved