गुल्मीका साना किसानलाई ग्लोबल आईएमई बैंकले ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 05:23:00 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited र हेफर इन्टरनेशनल नेपालबीच साना किसानलाई कर्जा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्यले भएको सम्झौता अनुसार बैंकले गुल्मीमा बाख्रापालन, डेरी, तरकारी खेति, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । 

हेफर इन्टरनेशनलले सहकारीको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका छन् । 

बैंकले हाल २६४ शाखासहित ८०० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved