राष्ट्रिय बाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा मिस नेपाल श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 03:31:02 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बाणिज्य बैंकले मिस नेपाल वल्ड २०२० रहेकी नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् । 

आफ्नो व्यवसाय प्रवद्र्धनको लागि बैंकले उनलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले  आफ्नो ब्रान्ड एम्बासडरमा श्रेष्ठलाई नियुक्ती गरिएको बताए । दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको  पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

ब्रान्ड एम्बासडर श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताईन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved