सांग्रिला डेभलपमेन्ट बैंकलाई ग्राहकलाई नेपाल अर्थोपेडिक हस्पिटलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2021 | 05:35:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  र गोकर्णेश्वर नगरपालिका, नारायणटार स्थित नेपाल अर्थोपेडिक हस्पिटलबीच सेवा आदान प्रदान सम्बन्धि सम्झौता भएको छ ।  सम्झौतामा बैंकको तर्फबाट प्रमुुख  जोखिम अधिकृत निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मेडिकल डाइरेक्टर डा.युवराज खरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत हस्पिटलमा आवद्ध चिकित्सक, तथा स्थायी कर्मचारीहरुलाई बैंकले १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गर्ने छ भने बैंकका सेवाग्राहीहरु, खातावालाहरु, संस्थापक शेयरधनीहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनहरुलाई सो हस्पिटलमा उपचार गराउँदा बिशेष छुटको ब्यवस्था हुने छ । 

बैंकले ९२ शाखा र ३१ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved