नलगाडमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 02:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank
सिटिजन्स बैंक Citizens Bank International Limited  ले जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले नगरपालिकाको कालीमाटी बजारमा  १०७ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । 

बैंकले सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरा लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

बैंकले १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved