चेक वा एटिएम कार्ड नभए पनि सिद्धार्थ बैंकबाट पैसा निकाल्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 07:19:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले “स्मार्ट टेलर” सेवा सञ्चालनमा ल्याएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले चेक वा एटिएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो  बैंक खाताबाट सहजै रकम झिक्न र निकाल्न सक्ने बैंकले जनाएको छ । 

ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एपबाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक दश लाखसम्मको रकम निकाल्न सक्ने बैंकले जनाएको छ।  यसबाट ग्राहकको समयको बचत हुने र बैकिङ्ग सेवा अझ बढि सुविधाजनक हुने बैंकको विश्वास रहेको छ।

बैंकले, कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधा जस्ता विभिन्न डिजिटल बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved