नेपाल एसबिआई बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 05:43:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited को २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आ.व. २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वासलात लगायत अनुसूचीहरु पारित गर्दै साधारणसभा सम्पन्न भएको हो । 

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६ प्रतिशत बोनश शेयर र ३.४७ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाले आ.व. २०७७/७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति गरेको छ । सभाले बैंकको तर्फबाट गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने÷गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved