ग्लोबल आईएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल निर्विरोध निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 03:58:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक Global IME Bank Limited को सञ्चालक समिति अध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बैंकको १४औँ वार्षिक साधारणसभाले ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेका छन् । 

अध्यक्ष ढकाललाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराईसकेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved