आजबाट आरटीजीएस प्रणालीको कारोबारमा पुरानै शुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2021 | 02:44:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आजबाट आरटीजीएस प्रणाली मार्फत हुने कारोबारमा साविक बमोजिम कै शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज माघ ३ गते देखि लागु हुने गरि आरटीजीएस सिस्टम रुल्स २०१९ को अनुसुची ५ बमोजिम शुल्क लाग्ने ब्यबस्था गरेको हो । 

जस अनुसार बिहानको समयमा भएको कारोबारमा १० रुपैयाँ, दिउँसोको समयमा भएको कारोबारमा २० रुपैया र बेलुकाको समयमा भएको कारोबारमा १०० रुपैयाँ शुल्क लाग्ने छ । 

आरटीजीएस प्रणालीलाई तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । नेपालमा आरटीजीएस प्रणाली नेपाल राष्ट्र बैंकले लागू गरेको हो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved