मेगा बैंक र ‘वीच्याट–पे’ बीच भूक्तानी सम्झौता, के के छन् सुविधा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 05:45:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाको सम्झौता गरेको छ । सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालबाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरुलाई सहज हुने बैंकको विश्वास छ । 

बैंकका प्रमुख बजार अधिकृत (सीएमओ) मनोज खड्काले यस सम्झौतासँगै राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने विश्वास लिईएको बताएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved