बैंक अफ काठमाण्डूका ग्राहकलाई लभि रेष्टुरेन्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 04:23:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकले लभि रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र रेष्टुरेन्टबीच भएको सम्झौता अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका हुन् ।

सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लभि रेष्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका छन् । 

बैंक अफ काठमाण्डूले हाल ८९ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved