आरबीबीमार्फत बुझाइने कर र राजश्व मोबाईल बैंकिङबाटै तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 04:52:03 PM मा प्रकाशित

laxmi  sunrise bank

करदाताहरूले राष्ट्रिय वाणिज्य बैंक @Rमार्फत भुक्तानी हुने कर तथा राजश्व मोबाइल बैंकिङमार्फत भूक्तानी गर्न सकिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र फोनपे पेमेन्ट सर्भिसबीच सम्झौता भएपछि राजश्व विभाग अन्तर्गतका कुनैपनि राजश्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाईल बैंकिङमार्फत तिर्न सकिने भएको हो ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका छन् । मोबाईल बैकिङबाटै कर तिर्न सकिने भएसँगै करदाताहरूलाई विभिन्न कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । 

मोबाईल बैंकिङ प्रयोगकर्ताले मोबाईल बैंकिङ लगअन नै नगरि बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गइ रेभिन्यूमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व करमा क्लिक गरि करदाता संकेत नम्बर तथा  अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सकिनेछ । 

फोनपे नेटवर्कमा ५२ वटा भन्दा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ८० हजार बढि मर्चेन्ट रहेका छन् । ९० लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved