६ महिनाको अवधिमा व्यवसाय विस्तारमा कुन बैंक कति आक्रमक ? (विश्लेषण)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 10:43:22 PM मा प्रकाशित

laxmi bank

कोभिड १९ को कहरबाट अवस्था सामान्य हुँदै गर्दा नेपालको आर्थिक गतिबिधि विस्तारै पुरानै अवस्थातर्फ फर्किन थालेको देखिन्छ।  सुस्तगतिमा अर्थतन्त्र चलायमान हुँदै गर्दा व्यवसाय विस्तार तथा बैंकिङ गतिबिधि पनि बढ्न थालेको छ। 

दशैं तिहार तथा छठ जस्ता पर्व सकिएको र विकास निर्माण तथा व्यवसायीक गतिबिधि सक्रियता पाउँदा त्यसले बैंकिङ गतिबिधि पनि बढाएको छ।  चालू आर्थिक बर्षको ६ महिनाको तथ्यांकलाई हेर्ने हो भनेपनि निक्षेप तथा कर्जा लगानी बढ्दो ट्रेन्डमा देखिएको छ। 

साउनदेखि पुष मसान्तसम्ममा निक्षेप २ खर्ब ९१ अर्ब ६९ करोडले बढेको छ भने कर्जा लगानी ३ खर्ब ३८ अर्ब २५ करोडले बढेको छ। जसमा एनआईशि एशिया बैंक निक्षेप संकलन तथा कर्जा लगानीमा .पहिलो स्थानमा छ।

६ महिनाको अवधिमा एनआईसी एसियाको निक्षेप ६६ अर्ब ४६ करोडले बढेको छ भने कर्जा लगानी ५९ अर्ब ३४ करोडले बढेको छ। त्यस्तै यस ६ महिनाको अवधिमा स्ट्यान्डर्ड चार्टड बैंकको निक्षेप १२ अर्ब २८ करोडले घटेको छ भने कर्जा लगानी १ अर्ब ५४ करोडले घटेको छ। 

निक्षेप संकलनको प्रतिस्पर्धामा एनआईशि एशियालाई प्रभु, ग्लोबल, एनसीसी र सिभिल बैंकले पछ्याएका छन् भने कर्जा लगानीमा एनआईसी एसियालाई प्रभु, नबिल, एनएमबि, ग्लोबल आईएमईले पछ्याएका छन्। 

६ महिनाको अवधिमा  स्ट्यान्डर्ड चार्टड बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंकको निक्षेप घटेको छ भने स्ट्यान्डर्ड चार्टड बैंक र नेपाल एसबिआई बैंकको कर्जा लगानी घटेको छ। 

६ महिनाको अवधिको निक्षेप तथा कर्जा लगानीलाई आधार मान्ने हो भने एनआईसी एसिया निक्षेप संकलन तथा कर्जा लगानी अर्थात व्यवसाय विस्तारमा आक्रामक देखिएको छ भने सिभिल बैंकले निक्षेप संकलन तथा कर्जा लगानीमा उल्लेख्य प्रगति हासिल गरेको छ। निक्षेप संकलनको वृद्धि अनुपातमा सिभिल बैंकले २१ वटा बैंकलाई उछिनेको छ भने कर्जा लगानीमा पनि १८ बैंकलाई पछाडी पारेको छ। 


कोभिड १९ का कारण कर्जाको माग घटेसँगै केहि बैंकले ब्याज खर्च घटाउन निक्षेपलाई प्रथामिकतामा राखेका छैनन् भने केहि बैंकले अवस्था सामान्य हुँदा कर्जा माग बढ्ने अपेक्षामा ब्याज खर्च बढाएर भएपनि अहिलेदेखि नै निक्षेप संकलनलाई ध्यान दिएका छन्। 

भविष्यमा निक्षेप तान्न बढी प्रतिस्पर्धा गर्नुपर्ने र धेरै ब्याज दिनुपर्ने भएकाले केहि बैंकले अहिलेनै बैंकिङ उद्योगमा तुलनात्मक रुपमा बढी ब्याज दिएर निक्षेप संकलन गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved