सिटिजन्स बैकले सुरु गर्यो 'ट्याप एण्ड पे' सेवा, कार्ड नघोटी भुक्तानी गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 02:20:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैक Citizens Bank International Limited  ले भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । ट्याप मात्र गरि अर्थात् नघोटि प्रयोग गर्न सकिने यो कार्ड नियर फिल्ड कम्युनिकेसन प्रविधिमा आधारित रहेको बैंकले जनाएको छ  ।

बैंकका अनुसार  ट्याप सुविधा भएको पिओएस मेसिनहरुमा यसको प्रयोग गर्न सकिन्छ । यस प्रविधीमा मेसिन भित्र कार्ड नछिराई एउटा सिमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरि भुक्तानी गर्न सकिन्छ । यो प्रविधी सरल एवम सहज हुनुका साथै अहिलेको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिने बैंकले जनाएको छ। राष्ट्र बैकको नियमानुसार हाललाई यस प्रविधीबाट प्रति कारोबार २ हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ ।

बैंकले १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved