दोलखा प्रशासन परिसरमा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 04:39:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले दोलखाको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । माघ ७ गतेबाट बैंकले आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले गरे । बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीलाई सहज हुने प्रजिअ शिवाकोटीको विश्वास छ । 

बैंकले हाल २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएममार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved